Connect with us
Advertisement

भोक, भोग र सम्भोगको कथा समेटिएको ‘समभोक’

Published

on

मोरङको सुन्दरहरैंचामा जन्मिएका र दुई दशक अमेरिकामा बसेपछि पछिल्लो समय नेपाल र अमेरिकामा ओहोरदोहोर गरिरहने शिव प्रकाशको हालै विमोचित उपन्यास ‘समभोक’को चर्चा अहिले नेपाली साहित्यमा बढ्दै गइरहेको छ । डा. गोविन्द केसी र राजनीतिज्ञ गगन थापाले विमोचन गरेको कृतिमा क्लिष्ट शब्दको प्रयोग त्यत्ति पाइँदैन । पाठकको मन छुने विषय समेटिएको कृति मुख्य तीन खण्डमा विभक्त छ भोक, भोग र सम्भोग ।

तीन खण्डमध्ये भोक खण्डको कथानक बढी छ । समग्र कृतिको ६० प्रतिशतभन्दा बढी भाग ओगटेको भोक शीर्षकभित्रै भोग र सम्भोग पनि अटाएको आभास हुन्छ कृति पढ्दै जाँदा । कृतिमा भोग र सम्भोगका भोका सबै देखिन्छन् । पहिलो खण्ड अर्थात् ‘भोक’ भित्र खान र लाउनको भोक मात्र समेटिएको छ । उपन्यासको मुख्य पात्र ईशुको सम्भोगको भोक भए पनि नारी पात्र सुबि (सुन्देवी) को पेट भर्ने र आङ ढाक्ने भोकको कथानककै वरीपरी घुमिरहेका छन् सबै चरित्रहरु ।

विशेष गरी अमेरिकामा रहेका आप्रवासी नेपालीको कथा हो समभोक । जीवनसाथी नेपालमा वा अमेरिकामै भए पनि लुकिछिपी वा देखादेखी हुने दम्पत्तिइतरको सम्बन्धको कथा समेटिएको उपन्यासका सबै पात्र भोका देखिन्छन् । नेपालमा श्रीमती सिन्धुकालाई छाडेर अमेरिकामा काम गरिरहेको मुख्य पात्र ईशु सुबीसँग बरालिएको छ । सुबीको लोग्ने सुन्दास त पत्नीकै अगाडि रेशमीसँग रात बिताउँछ, सुबी कोठामा एक्लै रात काट्छे । सुन्दास र रेशमी सडकमा रहेको आफ्नो कारलाई नै शयनकक्ष बनाउँछन् । उता, मुग्धा भने मुख्य पात्र ईशूतिर आकर्षित छे ।

ईशुको साथी फूलकुमार किस्नमायातिर सल्किएको छ । त्यतिले नभएपछि मेक्सिकन युवती मामासितातिर लहसिएको छ । मामासितासित रासलीला मच्चाउनेमा ईशुका साथी अँणबहादुर र ञबहादुर पनि छन् । उनीहरु केवल हास्य पात्रको रुपमा उपस्थित भएका छन् । मुग्धाको पति गोपालको चरित्रको बारेमा कृति मौन छ । आफू काम गर्ने पसलकी भारतीय मूलकी साहुनी पनि ईशुसँग रात बिताउन चाहन्छे । पति कामको सिलसिलामा बाहिर जानासाथ ऊ ईशुलाई विभिन्न बहानाले बस्ने गरी आउन बोलाउँछे । तर ईशु साहुनीप्रति आशक्त छैन, उसलाई विभिन्न बहाना बनाएरै टारिदिन्छ ।

अन्य नाम उल्लेख नभएका पात्रहरु पनि उपन्यासमा छन् । उनीहरुलाई कुरौटेको रुपमा बढी उभ्याइएको छ । साहुको भूमिका पनि कृतिमा गौण छ ।

‘सेक्स फ्री’ अमेरिकाको बोस्टन शहरको सेरोफेरोमा रहेर काम गर्ने नेपालीको कथा समेटिएको उपन्यासमा शारीरिक सुखभोगको चाहनालाई सर्जकले केन्द्रमा राखेका छन् । मुख्य पात्र ईशु शारीरिक भोक मेट्न पाँच वर्षसम्म सुबिलाई पछ्याउँछ । उसलाई नेपाल फर्कने टिकटसम्म काटिदिन्छ । तर सुबि जहिल्यै ईशुलाई शुरुमा यौनसुख अहिल्यै दिउँला झैँ गरी बोलाउँछे र अन्त्यमा आफ्नो पेटको भोक र किनमेलको भोक ईशुबाट मेटाएर फर्काउँछे । यस्तो भोक मेट्ने उपक्रम सुबि एक्लैले गरे पनि उपन्यास पढ्दै जाँदा उसको लोग्ने सुन्दासको पनि त्यसमा सहमति रहेको भान हुन्छ । सुबिको दृष्टिमा जीवन भोक हो, मान्छे शरीर मात्र हो ।

ईशु यौनको भोको छ, ऊ अघाउन चाहन्छ । त्यसैले ऊ भन्छ, ‘भोक मार्नु अपराध हो तर भोक मेट्नु अपराध होइन ।’

‘जीवन भोक र भोग हो, अर्थात् मान्छे शरीर र आत्मा हो’ भन्ने विचार लिएर बसेकी छ मुग्धा । एक्ली नारीलाई मात्र होइन, एक्लो पुरुषलाई पनि सुरक्षा चाहिन्छ भन्ने मुग्धा नेपालबाट ईशुकी श्रीमती सिन्धुका आउनासाथ ईशुसँगको सम्बन्ध त्यागेको सार्वजनिक गर्छे ।

ईशुकी पत्नी सिन्धुका भोक र भोगभन्दा माथि सम्भोग हो भन्छे । मान्छे शरीर मात्र होइन, आत्मा पनि हो र परमात्मा पनि हो  भन्छे सिन्धुका । १० वर्षपछि पतिसँग भेट भएपछि सिन्धुका भन्छे, ‘ईशू, तिमीले सम्भोगको अर्थ बुझेनौ ।’ उसले आफ्नो पतिले सुबिसँग राख्ने चाहेको सम्बन्ध दैहिक मात्रै भएको ठान्छे । मुग्धासँगको सहवास शरीर र आत्माको भेट भएको ठान्छे भने आफूसँगको सामीप्यता शरीर र आत्माका साथै परमात्मासँगको भेट हो भन्ने विचार राख्छे ।

अमेरिकामा बस्ने आप्रवासीको दैनिकीलाई समेटेको उपन्यासमा सशक्त संवाद छ । भाषामा लालित्य छ, आह्लादित बनाउने कथानक भएकाले उपन्यास बीचैमा छाड्न मन लाग्दैन । विषयवस्तुको उठान, पात्रहरूको चयन, कथाको संयोजन धेरैजसो सरल रेखामा नै देखिन्छ ।

लेखकको कथा भन्ने तरिका सुुन्दर छ । उपन्यासमा भएका कतिपय लालित्यपूर्ण भाषाले पाठकलाई तानेको तान्यै गर्छ । त्यस्ता केही वाक्य हुन्ः

निर्लज्जता सबैभन्दा ठूलो कला हो ।

काम कहिल्यै दुःख होइन, बेकाम सधैँ दुःख हो ।

काम गरेर खाएको सुखभन्दा अर्काे सुख के हुन्छ र ?

मान्छेले मान्छेका आँखामा हेर्न नसक्नु पनि मृत्यु हो ।

बिर्सिएपछि पो सम्झिने हो । बिर्सिँदै नबिर्सिएपछि सम्झनै पर्दैन ।

जीवनले सधैँ मृत्यु बोकेजस्तै शुरुवातले सधैँ अन्त्य बोकेको हुन्छ ।

नाइँ भन्न नसक्नु पनि फसादमा पर्नु हो । सजिलो हुनु भनेको अप्ठ्यारोमा पर्नु हो ।

समुद्रगमन शुरु हुन्छ । सर्पजस्तो बाँधिन्छन् । बेरिन्छन् । बटारिन्छन् । डल्फिनजस्तो उल्टिन्छन् । पल्टिन्छन् । माछाजस्तो पौडिन्छन् । डुबुल्की मार्छन् । पाहाजस्तो उत्तानो पर्छन् । गोहीजस्तो घोप्टो पर्छन् ।

जिउँदो मान्छेलाई न कहिल्यै चिन्न सकिन्छ, न कहिल्यै विश्वास गर्न सकिन्छ ।

मान्छे सधैँ त्यहाँ जानुपर्छ, जहाँ मन खुशी हुन्छ ।

पेल्न छोडी भने स्वास्नी हुनुको अर्थ पनि हुँदैन ।

त्यस्तै, भोकैभोकको र भौकैभोकाको कथा रहेका कृतिमा भोकसम्बन्धी उद्धरण औधी पाइन्छन् । जुन उद्धरणले पाठकलाई आख्यानभित्रै बाँधिरहन्छ । जस्तै,
भित्रभित्रै अनेक पीडा सहेर पनि मान्छेभित्र भोक सधैँ बाँचेको छ । भोकको सीमा छैन । भोकको आयु हुँदैन । जहाँ सीमा र आयु हुँदैन, त्यो अनन्त हुन्छ । त्यो अमर हुन्छ । भोक अनन्त छ । भोक अमर छ । भोक ‘ओम्निप्रेजेन्ट’ छ । भोकमा ‘अलमाइटी’ पावर छ ।

भोकले उसलाई भोलि गर्ने काम आजै र आज गर्ने काम अहिल्यै गर्नुजस्तो बनाएको छ ।

भोकले साइनो बदल्छ । भोकले सम्बन्ध बदल्छ । भोकले नाम बदल्छ । भोकले काम बदल्छ । भोकले मान्छे बदल्छ । भोकले संसार बदल्छ ।

मान्छेले भोक जन्माएको छ । तर मान्छेभन्दा बढी भोकले मान्छे जन्माएको छ । मान्छे त्यही भोक खाएर, त्यही भोक पिएर, त्यही भोकमा डुबेर भोकभोकै बाँचिरहेको छ । भोकभोकै मरिरहेको छ ।

अनुप्रासयुक्त भाषाशैलीले पाठकलाई आख्यानबाट बाहिर जान दिँदैन । कृतिमा अनुप्रासयुक्त कथन धेरै छन् । जस्तैः

टर्राे लयमा झर्राे नेपाली बोल्थ्यो । खाँडो जगाएजस्तो भाषाको भाँडो बजाउँथ्यो ।

भोकले वरिष्ठ र कनिष्ठलाई खुबै घनिष्ठ बनाएको थियो ।

भित्रभित्रै ढुक्क मात्रै भइन मुग्धा हुरुक्क पनि भई ।

कसैलाई कुर्नु भनेको कसैका बारेमा मनमा अनेक कुरा फुर्नु हो ।

यो पनि नारी । त्यो पनि नारी । एउटी उदार, अर्की खुङ्खार ।

फुल्न नसकेको फूलजस्तो भएको छ फूलकुमार ।

सिन्धुका आउँदा ईशुलाई वसन्त आएजस्तो लागेको छ । तर, आँधीबेरीभित्र रुमल्लिएको वसन्त ।

विमुखमा बोल्ने अरु धेरै मुख पनि सन्मुख भएका थिए, पहिलो पटक ।

उपन्यासले अमेरिकाको जनजीवनलाई ऐनामा झैँ छर्लङ्ग देखाएको छ ।

बिदेसिएको मान्छेको दुःखको पाटो पनि छ । तर मान्छे न देखाउँछन्, न पल्टाएर हेर्नै खोज्छन् । विदेशमा धेरैजसोले ठूला महल अगाडि उभिएका, समुद्र किनारमा डुलेका, पार्कमा घुमेका, राम्रा लुगा लगाएका, गहना भिरेका, कतौ बसेका र महङ्गा गाडी चढेका कुरा मात्र देखाउँछन् । त्यसका लागि आफू जाँतो भएको कहिल्यै देखाउँदैनन् । दिनरात नभनी पसिना बगाएको, ट्वाइलेट किचेन सफा गरेको, जुठा प्लेट उठाएको, भाँडा माझेको, अरुका छोराछोरीको दिसापिसाब सफा गरेको, बुढाबुढीको ¥याल सिँगान पुछेको पनि कहिल्यै कतै देखाउँदैनन् ।

मान्छे काम देखाउन सबै लजाउँछन् । शान देखाउन सबै लाज पचाउँछन् ।

अमेरिकामा नाम छैन, काम छ । नेपालमा काम छैन, नाम छ । काम नहुनेको झन् बढी नाम छ । काम गर्दागर्दै आफ्नै नाम बिर्सने ठाउँ हो, अमेरिका ।

उपन्यासमा प्रयुक्त दृष्टान्तले कृतिलाई ओजपूर्ण बनाएको छ । अधिकांश पृष्ठमा यस्तो दृष्टान्तयुक्त वाक्य पाइन्छन् । जस्तै,

‘समर’ मा युवतीले शरीरमा टाँसेका लुगाका टालाटुलीजस्तै ‘विन्टर’ मा रुखले हिउँका टालाटुली टाँसेका छन् ।

अक्करमा अड्केको फर्सीजस्तो हुन्छ टाउको ।

सुबीको ईर्ष्या सिरक सल्काएर आगो तापेजस्तो भएको छ ।

उनले अमेरिकाका मान्छेको नग्नतालाई प्रकृतिसँग दाँजेर सुन्दर तरिकाले भनेका छन् । उनी भन्छन्, ‘अमेरिकाको बोस्टन पनि वर्षमा दुईपटक नाङ्गिन्छ । ६ महिना प्रकृति, ६ महिना मान्छे । प्रकृतिलाई हिउँ र स्याँठले नङ्ग्याउँछ । मान्छेलाई मौसम र फेसनले नङ्ग्याउँछ । प्रकृति भोकाए रुख नाङ्गिन्छन् । मान्छे भोकाए आफैँ नाङ्गिन्छन् । नग्नता पनि भोक हो ।’

अमेरिकामा प्रकृति र पात्रबीच नाङ्गिने प्रतिष्पर्धा चल्छ ।

अमेरिकामा फेसनको नाममा मान्छे नाङ्गिने प्रवृत्तिजस्तै प्रकृति पनि नाङ्गिने गरेको प्रसङ्ग जोड्दै उनी भन्छन्ः मान्छेजस्तै नग्नताको सौन्दर्य देखाउने भोक पालेर बसेको छ प्रकृति पनि । शिशिर याममा देखिने प्रकृतिको नग्नतामा हिमपात हुँदाको दृश्य वर्णन गर्ने क्रममा लेखकले नग्नतलाई पनि सुन्दरतासँग जोडेका छन् ।

उपन्यासको कथा अमेरिकाको बोस्टन शहरको सेरोफेरोमा भए पनि स्थानीयता पनि झल्कन्छ । सुन्दरहरैंचाका सर्जक शिव प्रकाशले स्मृतिमा भए पनि नेपालको स्थानीय परिवेशलाई पनि समेटेका छन् । जस्तै,

कालीखोला, कालीथान, हात्तीसार र हाटखोलाका रङ्गीन क्षणहरु सम्झन्छ । गाउँका जमुना, चम्पा, चन्दा, इन्द्रा, कान्ता, नयनकान्ता, देवकी सबै सम्झन्छ ।

समग्रमा यो औपन्यासिक कृति अमेरिकामा रहेका आप्रवासी नेपालीको दम्पत्तिइतरको सम्बन्ध देखाउन सक्षम भएको देखिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – ०३ आश्विन २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन विचलित रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वइच्छा र स्वादिष्ट भोजन पाइनेछ । सामाजिक संस्थाबाट सहयोग पाइनेछ । बोलीको प्रभाव बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै कार्य सम्पदनमा समस्या आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । राजनैतिक कार्यमा र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पुराना र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

Continue Reading

Banner

श्री सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्ष्य मा रमेश खड्का सर्वसम्मत

Published

on

सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा रहेको श्री सहकारी संस्था लि. हरैंचाको ३३ औं तथा रेडियो सुसेलीको १४ औं वार्षिक साधारणसभा आफ्नै भवनमा सम्पन्न भएको छ ।
साधारणसभाबाट रमेश खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष नवराज चापागाईं, जिल्ला संघ प्रतिनिधि गोकुल तिम्सिना, सदस्यहरुमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम अवतार ठाकुर, सुरेन्द्रबहादुर थापा, अनुरोध साह र मुना मैनाली रहेका छन् ।
त्यसै गरी लेखा समितिमा रामप्रसाद गजुरेलको संयोजकत्वमा ३ सदस्यीय कार्य समिति गठन भएको छ । सदस्यहरुमा लोकेन्द्र दाहाल र विना सुवेदी रहेका छन् ।

श्री सहकारी संस्था लि. हरैचा २०२४ सालमा स्थापना भई पूर्व कै नमुना संस्थाको रुपमा परिचित संस्था हो । तत्कालिन समयमा नुन, तेल, गाँस र उत्पादन सम्मको सम्पूर्ण गतिविधि गर्न यो संस्था सफल रहेको थियो । कुशल व्यवस्थापन र ग्रामिण जनताको जिवनस्तर उकास्न तत्कालिन सरकारले २०३३ सालबाट कृषि विकास बैंक मार्फत कृषि ऋण प्रवाह गर्दै यस क्षेत्रको उत्पादन बृद्धिमा योगदान दिएको थियो ।

२०६६ सालमा विकासले फड्को मारिरहेको यस क्षेत्रमा सञ्चारका कुनै साधन थिएनन् । नगर हुन कै लागि समेत सञ्चारको आवश्यकता ठहर गरी रेडियो सुसेली स्थापना गरिएको इतिहास ताजै रहेको छ । निर्वाचित सञ्चालक समितिले दुवै संस्थाको गरिमालाई बचाइराख्दै संस्थासँग भएका चुनौतीहरुलाई चिर्दै जानु मुख्य लक्ष्य रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्य मन्त्री राजकुमार ओझा, विशिष्ठ अतिथिमा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, पूर्व नगर उपप्रमुख धनमाया तामाङ लगायतको उपस्थिति रहेको थियो । निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक कृष्णप्रसाद रिजालले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।

Continue Reading

Banner

आज – ०८ भाद्र २०८१ शनिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कूटनीतिक नियोगको सहयोग मिल्ला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक